
रौतहट । रौतहटको गरुडा नगरपालिकाले दलित र विपन्न परिवारलाई न्यानो कपडा वितरण थालेको छ । जाडो बढेसँगै नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका नगरवासीलाई जाडोबाट जोगिने साधन उपलब्ध गराउन सुरु गरेको नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले जानकारी गराउनु भएको छ ।
शुक्रबारसम्म विभिन्न ३ ओटा वार्डमा गरी ३३५ परिवारलाई न्यानो कम्बल तथा सिरक प्रदान गरिसकिएको नगर प्रमुख कल्वारको भनाइ छ । वडा नम्बर ३ मलाहीमा ११०, वडा नम्बर ७ पिपरियामा १०० तथा वडा नम्बर ९ श्रीपुर र नरकटियामा १२५ परिवारलाई न्यानो कम्बल तथा सिरक प्रदान गरिएको छ ।
नगरका सबै वडामा गरिब तथा दलित वा असक्त परिवार खोजेर नगरपालिकाले जाडोबाट जोगिने आधारभूत सामग्री वितरण गर्न नगरपालिकाले चाहेको तर स्रोत र साधनले भ्याएसम्म नागरिकलाई सुविधा प्रदान गर्ने योजना रहेको नगर प्रमुख कल्वारको भनाइ छ ।
९ वडा रहेको गरुडा नपामा करिब एक हजार परिवारलाई कम्बल तथा सिरक वितरण गरिने योजना रहेको छ । नगर प्रमुख कल्वारले आवश्यकता अनुसार नगरपालिकाले निर्णय गरी कार्यान्वयन गर्ने जानकारी गराउनु भएको छ ।
कम्बल वितरण कार्यक्रममा अन्य जनप्रतिनिधिको पनि सहभागिता हुने गरेको छ । गरिबलाई जाडोमा कम्बल वितरण गरिन थालिएपछि सर्वसाधारणले खुसी व्यक्त गरेको छ । कम्बल तथा सिरक पाउने परिवारले नगरपालिकालाई धन्यवाद पनि दिएको छ । जाडोको समयमा निकै राम्रो सहयोग पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच