काठमाडौं । सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु (जिबी) राईसहित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुरक अभियोग दर्ता गराएको छ ।
यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जिबीलाई यसअघि सहकारी ठगीमा मात्रै मुद्दा चलाइएकोमा यसपटक संगठित अपराध र सम्पत्तिसुद्धीकरणको अभियोग थप गरिएको छ ।
प्रतिवादी १९ जनामध्ये १६ जनालाई संगठित अपराधको दफा थप गरिएको छ ।
सूर्यदर्शन सहकारीका पूर्वअध्यक्षसमेत रहेका जीबी राई, पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल लगायतमाथि सहकारी ठगीमा यसअघि नै मुद्दा दायर भइसकेको थियो ।
सोही सहकारी ठगी आरोपमा कांस्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको हकमा भने आइतबार अभियोग दर्ता हुने बताइएको छ ।
प्रतिवादीहरुको विगोसमेत थप गरिएको छ । यसअघि १ अर्ब ११ करोड, १९ लाख, ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गरिएकोमा अहिले बिगो थप भइ १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ कायम गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts