
काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले बंगालादेशलाई ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला गरी ९ ओभर घटाएर ११ ओभरको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।
नेपालका लागि सावित्री धामीले ११ रन बनाइन् । कप्तान पूजा महतोले ९, एलिसा कुमारी यादवले ८ रन बनाइन् । बंगलादेशका लागि फरजाना इस्मिन, अनिसा अख्तर सोबा, फाहोमिदा चोया र हबिबा इस्लामले १–१ विकेट लिए ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ११ ओभर नै खेल्दै ८ विकेटको क्षतिमा ५४ रन बनायो ।
केहीबेरमा बंगलादेशले जवाफी ब्याटिङ गर्दैछ ।
नेपाल फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।
नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपालले श्रीलङ्कासँग अङ्क बाँडेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच