
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पुस २६ गतेसम्ममा व्यतित बिमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार छुट अभियानको मुख्य उद्देश्यमा आर्थिक समस्याका कारण बिमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बिमा दायरामा ल्याउने, आफ्ना ग्राहक र ग्राहक परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने, ग्राहकको व्यतित बिमालेख पुनर्जागरण गरी सुरक्षालाई निरन्तरता दिने, ग्राहकलाई समयमै आफ्नो बिमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवद्र्धन गर्ने रहेको कम्पनीले जनाएको छ ।
सन नेपालले लाइफ छुट अभियानमार्फत् ग्राहकलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बिमाको महत्वलाई अझ प्रभावकारीरूपमा उजागर गर्ने लक्ष्य लिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच