काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उहाँलाई अध्यक्षमा चयन गरेको हो । यसअघि उहाँ संघमा उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यस्तै उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सिइओ सुरेन्द्र रेग्मीका साथै तीन रिक्त सदस्य पदमा क्रमशः एभरेष्ट बैंकका सिइओ सुदेश खालिङ, नेपाल बैंकका सिइओ तिलकराज पाण्डे र कुमारी बैंकका सिइओ रामचन्द्र खनाल रहेका छन् ।
त्यस्तै निवर्तमान अध्यक्षमा सुनिल केसी, सदस्यमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबिआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल रहेका छन् भने सल्लाहकारमा नबिल बैंकका सिइओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिइओ अशोक राणा रहनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता