काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनु भएको थियो।
यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts