हिमा गाउँपालिकाद्वारा बड्कीमा स्वास्थ्य चाैकीकाे पक्की भवन निर्माण

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिका-१ स्थित बड्की गाउँमा स्वास्थ्य चाैकीकाे पक्की भवन निर्माण गरिएकाे छ । स्वास्थ्य सेवा प्रभावकारी संचालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्य चाैकीकाे पक्की भवन निर्माण गरेकाे गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०८०/८१ काे वार्षिक विनियाेजित कार्यक्रमनुसार बड्की स्वास्थ्य चाैकीमा ३८ लाख लगानीकाे पक्की भवन निर्माण गरिएकाे हाे । पुरानाे साँघुराे भवनबाट बर्थिङ सेन्टर,सामान्य चेकजाँच देखि अन्य सेवा दिईरहेकाे बड्की स्वास्थ्य चाैकीलाई पूर्वाधार अभावले प्रवाहमा कठिनाई भएकाे थियाे ।

गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो ,'भाैगाेलिक रुपमा विकट र सदरमुकाम भन्दा टाढा रहेका हिमाका थुप्रै बस्तीहरु स्वास्थ्य चाैकीबाटै विभिन्न स्वास्थ्य सेवा लिईरहेका छन् । भाैगाेलिकता नागरिककाे आर्थिक अवस्थालाई मध्यनजर गरि पालिकाले पटक पटक विभिन्न राेगकाे शिविर पनि चलाउदैँ आएकाे छ ।'

ADVERTISEMENT

तर साँघुराे भवनबाट नागरिकलाई सेवा दिईरहेकाे बड्की स्वास्थ्य चाैकीले आफ्नै पक्की भवन पाएकाे अध्यक्ष शाहीको भनाइ छ । नवनिर्मित भवनकाे मंगलबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उद्घाटन गर्दै भन्नुभयो,- 'स्वास्थ्य, शिक्षा, खानेपानी विकासलाई विशेष प्रथामिकता, पूर्वाधार विकासलाई प्रथामिकता दिएर काम भइरहेको छ । नागरिककाे प्रत्यक्ष स्वास्थ्यसंग जाेडिएकाे विषयमा पालिका गम्भीर भइरहेको छ। आर्थिक रुपमा विपन्न नागरिकका लागि स्वास्थ्य चाैकी ठुलाे अस्पताल हाे । दैनिक धेरैले सेवा लिन्छन् । तर पूर्वाधार अभावले साँघुराे संचरनाबाट सेवा दिनु पर्ने बाध्यात्मक अबस्थाकाे अन्त्य गरेका छाै । पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाकाे लक्ष्य रहेको छ।'

गत आवकाे विनियाेजित ३८ लाख बजेटबाट टेण्डर आह्वान भई भवन निर्माण भएकाे छ । हिमाका विद्यालय, वडा कार्यालय,स्वास्थ्य चाैकी पूर्वाधार अभावले समस्या झेल्नु नपर्ने गरि काम भइरहेको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?