काठमाडौं । नेपाल एसबिआई बैंक र रेडिसन होटलबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र रेडिसन होटलका निर्देशक (खाद्य तथा पेय पदार्थ) केदार पाण्डेले आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा होटलका अन्य वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति रहेको थियो ।





