काठमाडौं । ब्रिटिस काउन्सिलको आइएलटिएस उपहार सिजन २.० का विजेता पुरस्कृत भएका छन् । २०२३ मा आयोजित आइएलटिएस उपहारको सफलताका आधारमा ब्रिटिस काउन्सिलले आइएलटिएस उपहार सिजन २.० दोस्रो संस्करणमा आएलटिएस परीक्षा दिनेलाई धेरै आकर्षक पुरस्कार प्रदान गरेको छ ।
सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिएस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आइएलटिएसका लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्र्थीमात्रै आवेदनयोग्य मानिएका थिए । ब्रिटिस काउन्सिल फेसबुक च्यानलमार्फत् लक्की ड्र प्रक्रियाअन्तर्गत कुल पाँच विजेता चयन गरिएको थियो ।
यस वर्ष दुर्ई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेता चयन गरिएको थियो । सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुर्ई भाग्यशाली मासिक विजेताले एप्पल म्याकबुक प्राप्त गरेका छन् भने दुर्ई भाग्यशालीले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट प्राप्त गरेका छन् । तेस्रो विजेताले ब्रिटिस काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन् ।
एप्पल म्याकबुक विजेतामा मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा, युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेतामा कनिस्का पौडेल र प्रणय शाक्य, अस्ट्रेलियाको एकतर्फी टिकट विजेतामा अनमोल खड्का रहेका कम्पनीले जनाएको छ । अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आइएलटिएस साझेदारलाई प्रशंसास्वरूप आइप्याड प्रदान गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा