काठमाडौं । हाइड्रो इम्पायर प्रा.लिद्वारा ३७ मेगावाटको प्रवर्द्धित माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।
सोमबार सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरतामा म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका-४ मा निर्माण हुने माथिल्लो म्याग्दीखोला जलविद्युत आयोजनाको लगानी व्यवस्थापन गर्ने सम्झौता-पत्रमा पाँच वटा बैकसहित दुई पक्षबीच काठमाडौंको एक होटलमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।
सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरतामा नेपाल एसबिआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले ऋण लगानी गर्ने सम्झौता गरेका हुन् ।
प्रवर्द्धक कम्पनीका अध्यक्ष काजी लामा तथा अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सम्झौतापत्र आदानप्रदान गर्नुभएकाे थियाे ।

सम्झौता अनुसार यस आयोजनाको कूल लागत बैंकको ब्याजबाहेक ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ (रु ६,६९,,९४,९५,०००) अनुमान गरिएको छ । कूल लगानी मध्ये बैंकहरूबाट रु ५,३४,८८,९८,००० लगानी हुने बताइएको छ ।
आयोजनामा बैंकको ब्याजबाहेक ऋण र स्वपुँजी लगानीको अनुपात ८०:२० रहेको छ भने बैंकको ब्याजसहित लगानीको अनुपात ७०ः३० (कूल लगानी रु ७,६३,२९,१४,०००) प्रक्षेपण गरिएको छ । आयोजनाको ऋण तिर्ने अवधि (पे-ब्याक पिरियड) करिब १२ वर्ष रहेको छ ।
आयोजनाबाट वार्षिक २१५.७१४ गिगावाट घन्टा (हिउँदमा ६७.२३ गिगावाट घन्टा र बर्खामा १४८.४८६ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुने छ ।
उत्पादित विद्युत् विद्युत्गृहदेखि १० किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर केन्द्रीय प्रणालीमा प्रवाह गरिने छ ।
हस्ताक्षर कार्यक्रममा आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदयकान्त झाले धन्यवाद मन्तव्य राख्नुभएकाे थियाे ।
उहाँले वित्तिय व्यवस्थापन कुनै पनि आयोजनाको यात्राको एउटा कोशेढुंगा हुने बताउनु भयाे । यसबाट आयोजनाको निर्माणलाई तीव्रता दिँदै आर्थिक- सामाजिक विकासका क्षेत्रमा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा तथा हौसला प्रदान गरेको उहाँको भनाइ थियो ।
परियोजनाका लगानीकर्ता, वित्तीय संस्थाहरू, नियामक निकाय र सम्पूर्ण टीमको दृढ संकल्प र प्रतिबद्धताले आजको यो दिन सम्भव भएको उहाँले बताउनु भयाे ।
कार्यक्रममा अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले आयोजना समय र लागतभित्रै पूरा गर्न कम्पनी व्यवस्थापन प्रतिबद्धताका साथ लाग्नुपर्ने बताउनु भयाे । निर्माण प्रभावकारी तरिकाले सम्पन्न गर्नु महत्त्वपूर्ण जिम्मेवारी भएको बताउँदै उहाँले लगानी परिचालनका सन्दर्भमा आफूहरु प्रतिबद्ध भएर आयोजनाको सहयोगी बन्ने विश्वास दिलाउनु भयाे
कार्यक्रममा आयोजनाका अध्यक्ष काजी लामाले परियोजनाको वित्तीयबन्दले सामूहिक प्रतिबद्धतालाई नयाँ उचाइमा पुर्याउने बताउँदै भन्नुभयाे, ‘ यसलाईअन्तिम गन्तव्य नठानी यात्रा सुरु भएकाले अब, हामी सबैले अझ बढी परिश्रम, नवीन सोच, र सहकार्यकासाथ यस परियोजनालाई सफलताको नयाँ शिखरमा पुऔयाउन प्रतिबद्ध रहनुपर्छ।’
अध्यक्ष लामाले आयोजना समय र लागतभित्रै आयोजना पूरा गर्ने प्रतिबद्धता जनाउनु भयाे । साथै, यस आयोजनाले सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पूरा गर्न विशेष भूमिका खेल्ने उहाँकाे भनाइ थियाे ।
यस आयोजनासम्म पुग्ने पहुँचमार्ग तथा बेलिब्रिज तयार भई सञ्चालनमा आइसकेको छ ।
साथै आयोजनाभित्रको पहुँचमार्ग, आयोजना लाई आवस्यक निजी जग्गा खरिदको कार्य सम्पन्न गरी सेनाका लागि आवस्यक आवास निर्माण, आयोजना निर्माणका लागी आवस्यक construction power, क्रसर निर्माण गरी कच्चा पदार्थ उत्पादनको कार्य, सरकारी जग्गा अधिग्रहण तथा सोको सट्टा भर्नाको कार्य, रुख कटान आदेश आदि आयोजना पूर्ण निर्माणमा जानु पुर्व गर्नु पर्ने सम्पुर्ण कार्यहरु सम्पन्न गरी सकिने लक्ष्य लिइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts