सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्य : सञ्चारमन्त्री गुरुङ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताउनु भयो । उहाँले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताउनु भयो ।

उहाँले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नगरी कामहरु अघि बढाइरहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ । सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ । राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुपर्‍यो । अहिले काँग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ । भ्यागुताको धार्नी पुर्‍याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ । सुशासन आजको मुख्य एजेण्डा हो । पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेण्डा हो । जनतासँग रेस्पोन्सिब हुनुपर्‍यो नि । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छाैँ ।’

मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको बताउनु भयो । उहाँले आजको आवश्यकताअनुसार ऋण सहायता लिनुपर्ने बताउनु भयो । बिस्तारै राजश्व वृद्धि हुँदै गएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *