ज्यापू युवा प्रतिभा सञ्चार सम्मान पत्रकार महर्जनलाई प्रदान गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । ज्यापू संस्कृति विकास काेष काठमाडाैंले यस वर्षकाे ज्यापू युवा प्रतिभा सम्मान सञ्चार विधा पत्रकार सुनील महर्जनलाई प्रदान गर्ने भएकाे छ ।

मूर्त र अमूर्त संस्कृति, सम्पदा संरक्षण तथा नेवाः समुदायका बृहत्तर सराेकारलाई अघि बढाउन पत्रकारिता मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेकाेमा कदर गर्दै महर्जनलाई साे सम्मान प्रदान गर्ने निर्णय गरेकाे काेषले जनाएकाे छ । याेमरी पूर्णिमा (धान्य पूर्णिमा) तथा २१ औं राष्ट्रिय ज्यापू दिवसकाे अवसरमा शुक्रबार वसन्तपुरमा हुने बृहत समाराेहमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले महर्जनलाई साे सम्मान प्रदान गर्नुहुनेछ । काेषकाअनुसार सम्मानपत्र र नगद राशि १० हजार रूपैयाँ प्रदान गरिने छ ।

ADVERTISEMENT

२०५९ सालमा महानगर दैनिकबाट पत्रकारिता शुरू गरेका महर्जन हाल नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादकका रूपमा काम गरिरहनुभएकाे छ। उहाँ संस्कृति, सम्पदासंगै अख्तियार, निर्वाचन, कानुन र प्रशासन सम्बन्धि रिपोर्टिङ गर्दै आउनुभएकाे छ । देशभरका नेवाः पत्रकारहरूकाे साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष समेत रहेका महर्जन नेपाल आदिवासी पत्रकार महासंघ(फाेनिज) काे केन्द्रीय सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?