काठमाडौं । नेवारी समुदायले आज योमरी पुन्ही मनाउँदैछन् । चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।
नयाँ बालिका रूपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको एक किसिमको परिकार योमरी बनाएर नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।
अण्डाकार रूपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । पछिल्लो समय काठमाडौं उपत्यका योमरीको आर्कषण बढ्दै गएको छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरु र योमरीको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको छ ।
कसरी पकाउने योमरी ?
योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामलको पिठोमा शुद्ध घिउ हालेर तातो पानीले मुछिन्छ ।पीठो मस्केर मुछिनुपर्छ । मुछिएको पिठोलाई आफू अनुकुल आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ।
योमरी बनाउने काम सिपालु काम हो । सीपविना योमरी बन्दैन। जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ।पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ ।
बीचमा खोक्रो ठाउँ बन्न पुग्छ। उक्त खाली ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। अबल मुख बन्द गरेर मः मः पकाए झै वास्फिकरण गरेर पकाउनुपर्छ ।








Breaking news with related posts