
काठमाडौं । पहिचान पुरस्कार कोषले २०८०/८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्र्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ । पुरस्कारको राशि चार लाख २,००२ रुपैयाँ रहेको छ । शुक्रबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट स्याङ्तानको कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो ।
स्याङ्तानको ‘ओ पेङ्दोर्जे’सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।
विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासंग्र्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिनुभयो । कोषका बोर्ड अध्यक्ष सुवास राईले पुरस्कार आगामी चैत २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका-४ को सुन्दर चखियाडाँडामा वितरण गरिने जानकारी दिनुभयो । चैत २४ गते एकदिने ‘काव्य मुन्दुम पथ यात्रा’ गर्ने पनि कोषले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच