इजरायली हवाई आक्रमणमा गाजामा ३८ प्यालेस्टाइनी मारिए

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् । गाजा शहरको अल-जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताउनु भयो ।

मध्य गाजाको अल-नुसेरात शरणार्थी शिविरमा, विस्थापित मानिसहरूको लागि एउटा घरमा इजरायली हवाई आक्रमणमा १५ प्यालेस्टाइनीहरू मारिएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले अल-नुसेरातको पश्चिममा कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरी एक घरलाई निशाना बनाएका थिए ।

ADVERTISEMENT

इजरायली सेनाले यी आक्रमणहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार ८३५ पुगेको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?