
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरूमा पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ । व्यापार नीतिले कमजोर क्षेत्र संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो ।
शुक्रबार सम्पन्न १५ औँ दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिको क्षेत्रमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताउनुभयो । क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको भन्दै उहाँले यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा) अन्तर्गतको न्यून भन्सार महसुलले महत्वपूर्ण दबाब सिर्जना गरेको औंल्याउनुभयो ।
विशेषगरी नेपालजस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योग संरक्षण र प्रवद्र्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको उहाँको भनाइ थियो । ढकालले साफ्टाले दक्षिण एसियाली क्षेत्रभित्र व्यापार र लगानी प्रवद्र्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिँदै नेपालको जलविद्युत््जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावना उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म इन्धनमा निर्भरता कम गर्न सहयोग गर्न सक्ने बताउनुभयो ।
अध्यक्ष ढकालले दक्षिण एसियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनीकरणका लागि स्रोत सीमित रहेको भन्दै जलवायु योजना कार्यान्वयनका लागि २०३० सम्म वार्षिक दुई सय अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको उहाँले जानकारी गराउनुभयो ।
स्रोत परिचालनमा रहेको ठूलो अन्तरका कारण क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र त्यसले न्यायसंगत हरित परिवर्तन प्राप्त गर्न सहयोग पुर्याउने पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच