काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो ।
यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।






