काठमाडाैं । प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा शुरु भएको छ ।
२०७२ सालमा गएको महाभूकम्पले रक्त सञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवन सेवा प्रदान गर्न शुरु गरेको हो । नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताकाअनुसार भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको बताउनु भयो ।
उहाँले त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन नयाँ बनेसँगै नयाँ भवनबाट सेवा शुरु गरिएको बताउनु भयो । उहाँले अहिले रक्त सञ्चार सम्बन्धि सम्पूर्ण गतिविधिहरु प्रदर्शनीमार्गमा बनेको नयाँ भवनबाट भइरहेको बताउनु भयो ।
उहाँले प्रदर्शनीमार्गमा रेडक्रस आउँदा सेवाग्राहीको लागि सुविधा र पायक पर्ने स्थान भएको बताउनु भयो । उहाँले नयाँ भवनमा सेवा सरेसँगै सरकारले तोकेको मापदण्डमा काम गर्न सकिने अवस्था रहेको बताउनु भयो । सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा सहज भइरहेको उल्लेख गर्नुभयो ।
नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौंमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा शुरु गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा आइपुगेको निर्देशक गुप्ताले बनाउनु भयो । उहाँले प्रदर्शनी मार्गमा सेवा शुरु भएसँगै रक्त संकलनमा समेत वृद्धि भएको बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts