काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य अंकले घटेको छ ।
आज नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ८२ विन्दुमा बन्द भएको हो ।
आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चियो । आज ४ अर्ब ४१ करोड ३३ लाख २० हजारको कारोबार भएको छ ।
आजको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ९.९० प्रतिशतले घटेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।






