काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले टेष्ट टाउन फुड कोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र टेष्ट टाउन फुड कोर्ट प्रालि (कमलपोखरी) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले सिटी सेन्टर कमलपोखरीस्थित टेष्ट टाउन फुड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानी प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts