काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरुको संख्या बढिरहेको बताउनुभएको छ ।
राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताउनु भयो ।
उहाँले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरु बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बीमाको कभरेज पनि अस्वस्थकर पेरिफेरी बन्यो भने खानेकुरा स्वस्थ छैन, खानेकुरा उत्पादन स्वास्थ्यसँग जोडिएर स्वास्थ्यमैत्री छैन । हावा वायुमण्डलबाट प्राप्त हुने स्वस्थ हावा छैन । सूर्यको प्रकाश विकिरणयुक्त बन्दै गइरहेको स्थिति छ । मान्छेको व्यवहार, आनिबानी, प्रतिष्पर्धा ति सबैले तनाव बनाउने स्थिति छ । मानसिक रोग असाध्यै धेरै बढेर गएको स्थिति छ । शारीरिक अंगभित्रका रोगहरु भन्दा मानसिक रोग असाध्यै जटिल बनेको छ । त्यसैले यो विषयहरुसँग जोडेर हामीले स्पष्ट निरोधात्मक नीति ल्याउनुपर्छ । हामीले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि गर्नुपर्छ । रोग लाग्न नदिने प्रक्रिया के हुन् त्यसको बारेमा अध्ययन गर्न एउटा समिति नै बनाएर काम गर्न चाहन्छौँ । स्वास्थ्य संरचनाहरुले त्यसको लागि के गर्नुपर्छ रु अध्ययन गरेर काम गर्नसक्ने गरी विषयहरु ल्याउने परिस्थिति निर्माण गर्दैछौँ ।’
मन्त्री पौडेलले उपचार प्रक्रिया बढेको तर बिरामीहरु पनि बढेको अवस्था रहेको बताउनु भयो । उहाँले उपचारात्मक प्रणाली, क्षमता र क्षेत्र बिस्तार भएको बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts