काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज (आइतबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने माथिको अनुसन्धान अझै नसकिएको भन्दै आज म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
कास्की जिल्ला अदालतले मंसिर ९ गते दिएको १५ दिनको म्याद आइतबार सकिँदैछ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा