काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छ । आजको पहिलो खेलमा जनकपुर बोल्टस र लुम्बिनी लायन्स बिचमा प्रतिस्पर्धा हुनेछ ।
त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः १५ बजेवाट सुरू हुनेछ ।
आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन भने लुम्बिनीवाट रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन । जनकपुर अपराजित यात्रामा छ । उदघाटन खेलमा बिराटनगर किंग्सलाइ हराएको जनकपुरले कर्णाली र चितवन राइनोजलाइ पराजित गरेर आज चौथों खेल खेल्न लागेको हो ।
एनपीएल गत शुक्रवारबाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts