काठमाडौं । भुटानका नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुकले शुक्रबार पाँच घण्टा काठमाडौंमा बस्नुभयो । भारतबाट स्वदेश फर्किने क्रममा उहाँ काठमाडौंलाई ट्रान्जिट बनाएर यहाँ पाँच घण्टा बसेपछि फिर्ता हुनुभएको हो ।
काठमाडौंमा रहँदा वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको थियो । त्यसअघि, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत गरेका थिए । करिब आधा घण्टा स्वयम्भूनाथ परिसरमा बिताउनुभएका उहाँले काठमाडौं उपत्यकाको दृश्यावलोकन पनि गर्नुभएको थियो ।
शुक्रबार बिहान काठमाडौं आइपुग्नुभएका उहाँले स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ स्तुपामा दर्शन गर्नुभएको थियो । झण्डै एक घण्टा त्यस क्षेत्रमा बिताउनुभएका उहाँले पूजाआजा पनि गर्नुभएको थियो । नेपालमा रहँदा उहाँले कसैसँग औपचारिक भेटघाट गर्नुभएन । राजा जिग्मेलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा बिदाइ गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा