
काठमाडौं । हुण्डाईको सन्ता-फेले ‘कार अफ द इयर २०२५’ को उपाधि जितेको छ । अन्तर्राष्ट्रिय बजारमा हालै लन्च भएको नयाँ सन्ता-फेलाई कार वाउले उक्त अवार्ड प्रदान गरेको हो । एसयुभीले फ्यामिली भ्याल्युज अवार्ड पनि जितेको छ ।
हुण्डाईको इलेक्ट्रिक कार ‘आइओएनआइक्यु ५ एन’ ले टेक ट्रेल ब्लेजर अवार्ड जित्दै आफ्नो सफलतालाई निरन्तरता दिएको छ । अवार्डमा हुण्डाईको उत्पादनको गुणस्तर र विविधताको पनि प्रशंसा गरिएको छ ।
जसको परिणामस्वरूप हुण्डाइलाई ब्राण्ड अफ द इयरका रूपमा सम्मानित गरिएको हो । कार वाउ अवार्ड्सको निर्णय सम्पादकीय (इडिटर) समूहद्वारा गरिन्छ । जसले हरेक वर्ष सयौं कारहरूको मूल्य, प्रदर्शन, इन्धन बचत, आरामदायक र व्यावहारिकताका आधारमा उत्कृष्ट कारहरू चयन गर्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच