काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी) र काठमाडौंको मुटु सुन्धारामा रहेको सिभिल मलबीच एससिटी-युपिआई कार्डवाहकका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।
उक्त सेवाअन्तर्गत एससिटी-युपिआई कार्डवाहकले आफ्नो कार्ड देखाएर सिभिल मलको अन्डरग्राउण्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
उक्त सेवा हाललाई छ महिनासम्म लागू हुने बताइएको छ । एससिटी-युपिआई डेबिट कार्ड लिन इच्छुक ग्राहकले एससिटीकोे कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।






