
काठमाडौं । प्राइम कमर्सियल बैंकको १७औँ वार्षिक साधारणसभा बुधबार सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको छ ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । साधारणसभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल एक खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल दुई खर्ब १५ अर्ब ५१ करोड पु¥याएको जानकारी दिनुभयो ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्षभन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल सात अर्ब ५१ करोड आर्जन गरेको छ । उहाँले भन्नुभयो, ‘यसले दीर्घकालीनरूपमा आफ्ना सेयरधनीलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिवृद्धि गर्दै लगेको र आगामी वर्षमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिबीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैरकोषमा आधारित अन्य आम्दानीसमेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच