काठमाडौं । नेपालमा बिएमडब्लू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले सात करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी ‘बिएमडब्लू एक्स ७ एक्च ड्राइभ ४० आई’ ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।
कम्पनीका अनुसार उक्त मोडल कात्तिक २९ गते नेपाल भित्रिएको थियो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुुती, सुरक्षा, शक्ति र विलासी सुविधाले सुसज्जित गाडी हालसम्मकै सबैभन्दा महँगो लक्जरी गाडी हो । छिट्टै बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्टरूपमा उजागर गरेको कम्पनीले जनाएको छ ।






