अर्थतन्त्रबारे सुझाव लिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग जुम्लामा

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग जुम्लामा पुगेर सरोकारवालासंग आर्थिक क्षेत्रको सुझाव संकलन माग गरेको छ ।आयोगका अध्यक्ष रामेश्वर खनालको उपस्थितिमा उद्योग वाणिज्य संघको हलमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायी तथा आर्थिक क्षेत्रका अगुवाबाट सुझाव संकलन गरिएको हो ।

आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष खनालले सरकारले आर्थिक क्षेत्र सुधारका लागि आयोग गठन गरेकाले सुझावका लागि नागरिकको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।सबै क्षेत्रबाट आएका सुझावलाई प्रतिवेदन तयार गरी सरकारलाई बुझाईने भएको छ । अयोगका अध्यक्ष खनालले भन्नुभयो,“ आर्थिक अवस्था सुधारका लागि आयोगले सबै निकायबाट राय सुझाव मागेका छौ । आएका सुझावलाई सरकारलाई बुझाउने र सोहि अनुसार देशको अर्थ नीति बन्ने आयोगका अध्यक्ष खनालको भनाइ छ ।”

नेपालमा २० दशमलव २७ प्रतिशत जनसंख्याअझै गरिबिको रेखामुनि रहेकाछन् । गरिबिको रेखामुनि रहेको जनसंख्यालाई माथि उकास्नको लागि राजश्व वृद्विमा राज्यले जोड दिन आवश्यक रहेको छ । अबको १० वर्षमा नेपालको वैदेशिक ऋण ४२ प्रतिशतबाट ४० प्रतिशतमा झर्ने राज्यको लक्ष्य रहेको आर्थिक क्षेत्र सुधार सुझाव आयोगका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

जुम्ला उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष गणेश रोकायाले ग्यास र पेट्रोलको खपत घटाउँदै विद्युत् खपत बढाउनुपर्ने बताउनुभयो । जुम्लामा उत्पादित वस्तुको खपतमा जोड दिनसके आर्थिक अवस्था सुधार उन्मुखहुने उहाँले बताउनुभयो । देशको आर्थिक अवस्था सुधार गर्नको लागि साना उद्योगहरुलाई सरकारले सस्तोमा ऋण दिनु पर्ने नीति राज्यले लिनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

कृषि, पर्यटन र जलस्रोतका क्षेत्रमा लगानी गर्दै अर्थतन्त्र सुधार गर्न सरकारले नीतिगत निर्णय गर्नुपर्ने उद्योगि रामकृष्ण चौलागाईको भनाइ छ । जुम्लामा उत्पादन भएका स्याउबाट बनेका परिकारलाई सहज रुपमा बजारीकरण गर्नसके यहाँका स्थानीयको आर्थिक स्रोतमा टेवा पुग्ने तिला गाउँपालिका-१ का स्थानीयवासि नर रावतले जानकारी दिनुभयो । उक्त कार्यक्रमका सहभागिले कर प्रणाली सुधारदेखी निर्यातमुखि नीति सुधार र उत्पादमुखि नीति निर्माणका विषयमा सुधार गर्नुपर्ने सुझाव आयोगलाई दिएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?