गाजामा इजरायली हमलामा २० प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । प्यालेस्टिनी स्रोतकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा विस्थापित मानिसहरूको लागि बनाइएको आश्रयस्थललाई लक्षित गरी बुधवार इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले एउटा मिसाइलको साथ मावासी क्षेत्रमा विस्थापित मानिसहरूको घरमा रहेको आश्रयलाई निशाना बनाइ आक्रमण गरेका थिए ।

ADVERTISEMENT

स्वास्थ्यकर्मीहरूले उद्धार टोलीले पाँच बालबालिकासहित २० पीडितको शव निकालेको र दर्जनौं घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । इजरायली सेनाले अहिलेसम्म आक्रमणको बारेमा कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४४ हजार ५३२ पुगेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयर पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?