काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले काठमाडौं गोर्खाज र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्ड रोजेपछि कर्णालीले सुरुमा ब्याटिङ गर्ने भएको हो ।
कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा छ भने काठमाडौंका कप्तान करण केसी हुन्। एकएक खेल खेलेका कर्णाली र काठमाडौं दुवै टिम जितबिहीन छन्।
कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको हो। दुवै टोली आजको खेलमो पहिलो जितको खोजीमा छन्।
बुधबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। विराटनगर दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी पहिलो खेल खेल्दैछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको हो। आजको प्रतिस्पर्धामा विराटनगर पहिलो जितको खोजीमा हुनेछ।
यता राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो जितसँगै प्रतियोगिता सुरु गर्न चाहन्छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements