
म्याग्दी । सामाजिक विकास कार्यालय म्याग्दीले आयोजना गरेको शिक्षक–विद्यार्थी जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत नृत्य विधातर्फ बेनीको माउन्ट एभरेष्ट आवासीय मावि प्रथम हुन सफल भएको छ ।
जिल्लाका सातवटा विद्यालय सहभागि उक्त कार्यक्रममा बेनीकै न्यू वेष्ट प्वाइन्ट आवासीय माविले द्धितीय स्थान प्राप्त गरेको छ भने प्रकाश मावि बेनी तृतीय भएको छ ।
त्यसैगरी शिक्षक प्रतिभा पहिचान कार्यक्रम अन्तरगतको शिक्षक हाजिरी जवाफ प्रतियोगितामा ज्ञानप्रकाश मावि प्रथम,मंगला मावि द्धितीय र मुक्तिधाम मावि तृतीय भएका आयोजकले जनाएको छ ।
शिक्षक वक्तृत्वकला प्रतियोगितातर्फ मुक्तिधाम माविकी मेघा रिजाल प्रथम, बेनी सामुदायिक माविका केशवराज पौडेल द्धितीय र प्रकाश मावि बेनीकी अमृता थापा तृतीय हुनुभएको छ ।
यसैगरी विद्यार्थी वक्तृत्वकला प्रतियोगितातर्फ प्रकाश मावि बेनीकी छात्रा सूचना पुन प्रथम,बेनी सामुदायिक माविका अभिशेक पौडेल द्धितीय र मुक्तिधाम माविकी रेजिना भण्डारीले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।
प्रतिभा पहिचान कार्यक्रममा प्रथम हुने विद्यालयलाई यही मंसिर २८ र २९ गते पोखरामा हुने प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा प्रतिष्पर्धाका लागि पठाइने सामाजिक विकास कार्यालय म्याग्दीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच