काठमाडौं। रोल्पाको ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन् ।
सवारी साधनलाई आवत-जावत गर्न सहजीकरण गरिदिए बापत बुढाथोकीले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले सोमबार रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts