
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ कोे वडाध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठ एक हजार १८४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार दलबहादुर थापाले ९३० मत प्राप्त गर्नुभयो ।
अर्का प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दुर्गाबहादुर विकले १४३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका इश्वरी खाती क्षत्रीले पाँच मत प्राप्त गर्नुभयो ।
त्यस्तै, हात मिलाएको चुनाव चिन्ह लिनुभएका स्वतन्त्र उम्मेदवारले एक मत प्राप्त गर्नुभयो । २८ मत बदर भएको छ । कुल चार हजार ९१ मतदाता रहेको यस वडामा दुई हजार ३३४ मत खसेको थियो ।
तीन मतदान स्थलका पाँच मतदान केन्द्रबाट मतदानसंगै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना निकै शान्तिपूर्ण रुपमा सम्पन्न गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच