
उदयपुर । त्रियुगा नगरपालिका १२ को रिक्त रहेको वडाअध्यक्ष पदमा माओवादी केन्द्रका नबिन कुमार बान्तवा राई विजयी भएका छन् ।
सोमबार बिहान घोषणा भएको मत परिणाम अनुसार राईले ९ सय २३ मत ल्याएर बिजयी भएका हुन ।राईका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६ सय ८ मत ल्याएका छ्न ।त्यसै गरि नेपाली काङ्ग्रेसका उमेदवार सन्जिब काफ्लेले ३ सय ५९ मत ल्याएका छ्न ।
एकीकृत समाजवादीका निर्मला चौधरीले ३ सय १२ मत ल्याइन भने राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुव पोख्रेलले २ सय २ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
वडा नम्बर १२ मा यस अघि भएको निर्वाचनमा राई पराजित भएकोमा यस पटकको भने उनले सफलता पाएका छ्न ।नेपाली काङ्ग्रेसका उमेदवार चुडाराज काफ्ले सङ्ग्र राई पराजित हुन पुगेका थिए । काफ्लेको सडक दुर्घटनामा परि निधन भए पछी आइतबार उपनिर्वाचन भएको हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका त्रियुगा–१२ का वडाध्यक्ष चुडाराज काफ्ले र बेलका–९ का पदम खड्काको सवारी दुर्घटनामा निधन भएपछि रिक्त पदपूर्तिका लागि उपनिर्वाचन गरिएको हो। दुवै वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए।
-सराेज निराैला

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच