
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खडकराज शाही विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
२०७४ मा पनि वडाध्यक्ष जित्नुभएका खड्क शाही नेमकिपा जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । विजयी हुनुभएका शाहीले १ सय ४३ मत पाउनुभयो भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाउनुभयो ।
एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाउनुभयो भने राप्रपाका उम्मेदवारले १७ रराष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५ मात्र पाएँ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारको जमानत जफत भएको छ ।
कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो ।
२०७९ मा माओवादी, एमाले, कांग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच