काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित हुनु भएको छ ।
शाही १४३ मत ल्याएर निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वव्द्धि माओवादी केन्द्रकी उम्मेदवार नैसाेभा शाहीले ११५ मत प्राप्त गर्नु भयो भने नेकपा एमालेका ऐनबहादुर शाहीले ७८ मत ल्याउनु भयो ।
नेपाली कांग्रेसका उम्मेदवार पैलनबहादुर शाहीले ४९ मत पाउनु भएको छ । राप्रपाका गोगन बहादुर शाहीले १७ मत ल्याउँदा रास्वपाका गगन बमले जम्मा ५ मत पाउनु भएको छ ।
०७९ को निर्वाचनमा यहाँ नेकपा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित हुनु भएको थियो । उहाँको पहिरोमा परेर निधन भएसँगै यहाँ उपनिर्वाचन भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा