संस्कार एकेडेमीले गर्‍याे नेपालमा वास्तुको अहिले सम्मकै ठुलो इभेन्ट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । अकल्ट साइन्सको शिक्षा दिने अग्रणी संस्था संस्कार एकेडेमीले 'प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको प्राक्टिकल कार्यशाला आयोजना सम्पन्न गरेको छ ।

एकेडेमीले अनलाइन प्रबिधिबाट 'प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना आफ्ना विद्यार्थीहरुलाई दीक्षित समेत गरेको छ । 'घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडी बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र वैज्ञानिक रुपमा काम गर्न सक्ने 'प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ ।

आफ्ना विद्यार्थीहरुलाई अहिलेको समय अनुसार आधुनिक र वैज्ञानिक रुपमा बास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरेकोले अनलाइन अध्ययन पश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विद्यार्थीहरुलाई वास्तुको हरेक प्रकारको बैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने नविनतम प्रबिधि र उपकरणहरुमा समेत दक्ष बनाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले बताउनुभयाे ।

ADVERTISEMENT

कार्यक्रममा वरिष्ठ इञ्जिनियरहरु सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठलगायतले वास्तुविद्लाई आवश्यक पर्ने इञ्जिनिएरिङ्गको ब्यवहारिक ज्ञान दिएका थिए । योगा, ध्यान, अंक ज्योतिष, स्वर विज्ञानको सेसनमा आचार्य राजा बाबु शाह बाट थप अतिरिक्त ज्ञान पाएकोमा सहभागीहरुले खुशी प्रकट गरे । कार्यक्रममा कोच आशा शाहले ’ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिनुभयाे ।

वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनिएर, अर्किटेक्ट, इन्टेरिएर डिजाइनर, अधिवत्ता, ब्याङ्करलगायत अन्य विविध पेशा र व्यवसायका मानिसहरु कार्यक्रम बाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन् । वास्तु धार्मिक बिषय नभएर हरेक मानिसको घर र जीवन सँग जोडिएको बिषय भएकोले यसप्रति सबैको रुचि बढेकोले आधुनिक र बैज्ञानिक रुपमा यसको प्रयोग हुनुपर्ने समारोहमा दिक्षित भई वास्तु कन्सल्ट्याण्ट बनेका ध्रुवराज पराजुली बताउछन् ।

काभ्रे, धुलिखेलस्थित सारथी होटेलमा मङ्सिर १३ गते देखि ३ दिन सम्म चलेको कार्यक्रममा देशै भरिबाट वास्तु पढिरहेका सहभागीहरु दीक्षित हुन् पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?