अज्ञात रोगले २५ भेडा मरे

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-५ स्थित ढिम्काेट गाउँका भेडा पालक किसान कर्णविर शाहीका अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका-७ मा रहेको पौँजा भन्ने ठाउँमा २५ वटा भेडा मरेका छन् । भेडा पालक किसान शाहीका ४० वटा भेडामध्ये एक्कासि २५ भेडा मरिसकेका छन् ।

कुन राेगले भेडा मरेका हुन एकिन हुन सकेको छैन । पशु चिकित्सकलाई साे ठाउँमा लिन पनि मुस्किल भइरहेको छ।भेडा धमाधम मर्न थालेपछि भेडा पालक किसान शाही चिन्तित बनेकाे तिला गाउँपालिका-५ का वडाध्यक्ष ललित शाहीले जानकारी दिनुभयो । तीनदिन भेडा धमाधम मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धि निकायलाई जानकारी गरेपनि अहिलेसम्म कुनै उद्दार नभएको भेडापालक किसान कर्णविर शाहीको भनाइ छ ।

भेडा किसान शाहीका अनुसार जाजरकोटको छेडागाड नगरपालिका-७ मा रहेको पौँजा भन्ने ठाउँमा चरिचरणका लागि जुम्लादेखि लिएका थियौ । तीन दिनभित्र अहिलेसम्म २५ वटा भेडा मरिसके । बिरामी भेडाको मुखबाट र दिसा पिसाव गर्ने ठाउँबाट रगत निस्कने गरेको छ । बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग हारगुहार गरेपनि सुनुवाइ हुन सकेको छैन । रगत निस्किएको एकघण्टाभित्रै भेडा मर्ने गरेको भेडा पालक किसान शाहीले बताउनुभयो ।

ADVERTISEMENT

वडाध्यक्ष ललित बहादुर शाहीका अनुसार गत आव २०८०- ८१ को जिल्ला पशु सेवा कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत माइथाप्ला भेडा पकेट कार्यक्रमबाट तिला गाउँपालिका-५ का विपन्न घरपरिवारलाई उक्त भेडा वितरण गरिएकाे वडाध्यक्ष शाहीले जानकारी दिनुभयो ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढ्थापाले जाजरकोटको पशु अस्पतालका प्रमुख कपिल प्रसाद उपाध्यायलाईलाई घटनाको जानकारी गरिएको छ । किसानका भेडा बचाउन सबै निकायसँग पहल भइरहेको छ । भेडा राखेको ठाउँमा आवश्यक चिकित्सकको टोली पठाइ भेडामा लागेको रोग पहिचान गरिने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?