हुम्लाको सर्केगाडमा मतदान जारी

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । अहिलेसम्म हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा अहिले विहान सात बजेदेखि मतादान सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष पदका लागि सर्केगाडका आठ वटा वडामा रहेका बाह्र मतदानस्थलबाट मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सर्केगाडमा रहेका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि लिप्ने, देवकोटा आवि उनापानी, हिमज्योती मावि सर्केगाड, भवानी आवी गोठी, धुमचुली आवि कल्लास, स्वयंभु आवि बराई, ईश्वर आवि छ्यागी, कोट मावि रोडिकोट, अंशुवर्मा मावि राशदेव र निलकण्ठ सामुदायिक प्रावि फुचामा एक साथ मतादान भइरहेको मुख्य नर्विाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

सर्केगाडका १२ वटा मतदानस्थलबाट अहिले शान्त तवरमा मतदान भइरहेको जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?