काठमाडौ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अञ्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल हुनुभएको छ । इसेवा मनी ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजनमार्फत् बम्पर उपहारस्वरूप घर जित्न सफल भाग्यशाली विजेता घोषणा गरिएको थियो । अञ्जुला घिमिरे ललितपुरको महालक्ष्मी नगरपालिका ३, इमाडोलमा करिब ३ आनामा बनेको साढे दुई तलाको घर जित्न हुनुभएको हो । उहाँले रोमानियाबाट इसेवा मनी ट्रान्सफरमार्फत् इसेवा वालेटमा रेमिट्यान्स पठाउनुभएको थियो ।
इसेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवद्र्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहित गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो । जसअन्तर्गत २०८० असोज १ देखि कात्तिक ३०, २०८१ सम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एकजनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो ।
सो अवसरमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्व र राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे बताउनुभएको थियो भने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच