
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारसँगै लगानीको वातावरण बनेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालय उद्घाटन गर्दै उहाँले अर्थतन्त्रका सूचकहरूमा उत्साहजनक सुधार आएसँगै लगानीको वातावरण बनेको बताउनुभएको हो । उद्योगी व्यवसायीले लगानीका लागि बैंकसँग कर्जा माग्दा नपाउने अवस्था हटेर पर्याप्त लगानी गर्न सक्ने अवस्था रहेको भन्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न पनि अर्थमन्त्रीले आग्रह गर्नुभयोे । उद्यम व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी, प्रविधिको उपलब्धतासँगै वातावरण बनिसकेकाले ढुक्क भएर व्यवसायीले आफ्नो व्यवसाय अघि बढाउन सक्ने उहाँको भनाइ थियो । अहिले बैंकको ब्याजदर एकल अंकमा आइसकेको र लगानीयोग्य तरलता बैंकमा रहेको भन्दै उद्यम व्यवसायका लागि थप सहज वातावरण बनाइने मन्त्री पौडेलले बताउनुभयो । उद्योग, व्यवसायबिना अर्थतन्त्र चलायमान नहुने भन्दै उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले सकारात्मक पहलकदमी लिइरहेको जिकिरसमेत उहाँले गर्नुभयो ।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलिपकुमार ढुंगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो । बैंकले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जालगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको उहाँको भनाइ थियो । उहाँले लघु उद्यम, किसानसँग वाणिज्य बैंकलगायतका कार्यक्रमसँगै वित्तीय पहुँच विस्तारका लागि शाखा विस्तारलाई तीव्रता दिइएको बताउनुभयो । सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव हुने भएकाले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने गरी बैंकले कार्यक्रमहरू अघि बढाएको पनि उहाँले जिकिर गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले उत्पादनमा जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवं पूर्वाधार क्षेत्रमा लगानी बढाएको जानकारी गराउनुभयो । प्रतिस्पर्धी बजारको मागअनुसार बैंकले सेवा र सुविधालाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी आफ्नो कार्य परिमार्जितरूपमा अघि बढाएको उहाँको भनाइ थियो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले अहिले भइरहेको एकल अंकको ब्याजदर स्थिर बनाउन आवश्यक रहेको बताउनुभयो । लिने समयमा एकल अंकको ब्याजदर भए पनि समयसँगगै बढ्दै जाने विगतको अभ्यासले व्यवसायी मर्कामा पर्दै आएको उहाँको गुनासो थियो । बैंकले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरूमा आशाको सुरुवात गराएको भन्दै ब्याजदरमा उद्योगी व्यवसायीलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न तयार रहेको पनि अर्यालले बताउनुभयो । बवुटवल उपमहानगरपालिका ४ का वडाध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौती पार गर्न राष्ट्रिय वाणिज्य बैंकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो भने जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले सरकार र निजी क्षेत्रबीचको खाडल न्यूनतम बनाउन वाणिज्य बैंकले काम गर्ने समय आएको बताउनुभयो । सेवाग्राहीले चाहेको जस्तो सेवा प्रवाह गर्न सके राष्ट्रिय वाणिज्य बैंक सेवाग्राहीको प्यारो बैंक बन्नेमा दुर्ईमत नहुने पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच