
झापा – झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्।
माझीलाई उर्लाबारी नगरपालिका वडा नम्बर ७ र माझीलाई पथरी शनिश्चरे नगरपालिका १ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयाे ।
बुधबार पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा शुक्रबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन थुनामा राख्ने अनुमति लिइएको छ । गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित शमशेर एन्ड गंगादेवी टि(स्टेट प्रालिको पश्चिम पर्खालनजिकै विस्फोटक पदार्थ फेला परेको थियो।
विस्फोटक पदार्थ राखेको ठाउँमा गिरीबन्धु टि(स्टेटको जग्गा कब्जा किन ?, नेकपा (माओवादी) पूर्वकेन्द्रीय कमाण्ड लेखिएको पर्चा एक थान फेला परेको थियो। पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान थालिएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच