सर्लाही । चक्रघट्टा गाउँपालिका-७, पटेर्वामा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान राजकिशोर रायको ईँटा र काठले बनेको दुईतले घरमा खाना पकाउने चुलोबाट आगो सल्किएर आगलागी भएको हो ।
आगोले घरभित्र रहेका दाउरा, भुस, र काठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। यद्यपि, घटनामा कुनै मानवीय वा चौपायाको क्षति नभएको पुष्टि गरिएको छ।
इलाका प्रहरी कार्यालय चक्रघट्टा प्रहरी चौकी औरहीका प्रहरी साथै, स्थानीयवासी र मलंगवा नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।सर्लाही प्रहरी जानकारी दियको छ ।
आगलागीको कारण थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता