रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुग्नु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नुभयाे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउनु भएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई सहभागी हुदै हुनुहुन्छ । आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता