काठमाडौँ । सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौँ ल्याउन लागिएको छ।
कास्की प्रहरीको हिरासतमा रहनुभएका उहाँलाई आज साँझ साढे ५ बजे काठमाडौँ ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
लामिछानेलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्ण लक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याउन लागिएको हो। उहाँविरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी जारी भएको छ। उहाँमाथि जिल्ला सरकारी वकिलकाे कार्यालय काठमाडौँमा सो प्रकरणबारे बयान लिइने छ।
लामिछानेमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ।
यसअघि उहाँलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत बयान लिइसकिएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts