काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।
बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा समेत छलफल हुनेछ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा.आरजु राणा आज चीन प्रस्थान गरिसक्नुभएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज चीन जानुभएको हो ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा। राणाले मङ्सिर १४ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।






