काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गर्नुभएकाे छ । आज (बिहीबार) मध्याह्न उहाँ सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ प्रस्थान गर्नुभएकाे हाे ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा प्रस्थान गर्नुभएकाे हाे । भ्रमणका क्रममा उहाँले मङ्सिर १४ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैहुनुहुन्छ । मुख्यतयाः चीनको ठुला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबीच बिवाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लाग्नुभएको हो ।
उहाँको चीन भ्रमण सोमवार बसेको मन्त्री परिषद बैठकले स्विकृत गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच