काठमाडाैं । नेपाली बजारमा पहेलाे धातु सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
अघिल्लाे दिन (बुधबार) प्रतितोला १ लाख ४९ हजार ६०० मा कारोबार भएको सुन आज (बिहीबार) १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १८०० मा काराेबार भैरहेकाे महासंघले जनाएको छ ।






