क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । छैटौं अरब जल सम्मेलन बुधवार जोर्डनको मृत सागरको पूर्वी किनारमा शुरु भएको छ ।

अरब क्षेत्रमा जल स्रोत व्यवस्थापनमा चुनौतीहरूको सामना गर्न सम्मेलन शुरु भएको हो । पानीमा दिगो विकास हासिल गर्ने दिशामा शासन भन्ने विषयअन्तर्गत सम्मेलनमा अरब विश्वका सरकारी अधिकारीहरू र विशेषज्ञहरू सहभागी छन् ।

जोर्डनका जल तथा सिंचाईमन्त्री राइद अबु साउदले उद्घाटन समारोहमा सतही जलस्रोत र साझा बेसिनहरू व्यवस्थापन गर्ने प्रयासहरूको दिगो समन्वय सहित अरब जल स्रोतहरूको लागि एकीकृत व्यवस्थापन दृष्टिकोण प्रवद्र्धन गर्न प्रभावकारी नीतिहरू विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

ADVERTISEMENT

अरब लिगका सहायक महासचिव र आर्थिक मामिलाका प्रमुख अली बिन इब्राहिम अल-मलिकीले अरब पानी सुरक्षा हासिल गर्न र अरब पानीको अधिकारको संरक्षण गर्न सबै अरब राष्ट्रहरू बीचको सहकार्यलाई बलियो बनाउनुपर्ने महत्वमा जोड दिनुभयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज